१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २९ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २९ आइतबार o८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनसेलद्वारा लैनचौर मैदान पुनर्निर्माण सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २९ आइतबार o८:o९:oo

एनसेल आजियाटा लिमिटेडले काठमाडौंको लैनचौर मैदान पुनर्निर्माण गरी काठमाडौं महानगरपालिका वडा नं. २६ लाई हस्तान्तरण गरेको छ । ५४ हजार नौ सय २१ वर्गफिट क्षेत्रमा फैलिएको मैदानमा ७ ‘ए’ साइटको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् ।

स्थानीय समुदाय र वडा नं. २६ को अनुरोधअनुसार एनसेलले निर्माण र मर्मत–सम्भारको जिम्मेवारी लिएको थियो । कम्पनीले आगामी दुई वर्षसम्म मैदानको मर्मत–सम्भार गर्नेछ । मैदानमा अन्तर्राष्ट्रियस्तरको एस्ट्रोटर्फ बिछ्याई मिनी फुटबल मैदान बनाइएको छ । टर्फमुनि जमिनका चारैतिर तीन फिट ब्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् । वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानी मात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ । पानीको निकासका लागि पनि उचित व्यवस्था छ । 

‘एक जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा एनसेलले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ । हाम्रो यही प्रतिबद्धताअनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै यस बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौँ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २६ का अध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले आफूहरू उत्साहित भएको बताए । ‘एनसेलको सहयोगमा हामीले यस किसिमको पहिलो बहुउपयोगी खेल मैदान बनाएका छौँ । 

ad
ad
ad
ad