१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Friday, 28 June, 2024
नयाँ पत्रिका रुकुम पूर्व
२o७८ फाल्गुण २७ शुक्रबार १७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रुकुम पूर्वमा भेटिएका सकेट बम सेनाद्वारा डिस्पोज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुम पूर्व
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार १७:oo:oo

रुकुम पूर्वको सिस्ने गाउँपालिका– २ को बुर्किसल्लामा फेला परेको सकेट बम डिस्पोज गरिएको छ। नेपाली सेनाको नरसिंह दल गण सुरक्षा गुल्म रुकुम पूर्वको टोलीले आज दिउँसो बम डिस्पोज गरेको हो। सेनानी बाबुलाल जिसी नेतृत्वको ११ जनाको टोलीले बम डिस्पोज गरेको प्रहरीले जनाएको छ। 

गोठालो गएका स्थानीयले बिहीबार ओडारमुनि ड्रममा राखिएको अवस्थामा बम फेला परेका थिए। दुईवटा बम भने ड्रमबाहिरै थियो। रुकुम पूर्वका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार ड्रममा भएका करिब एक दर्जन बम डिस्पोज गरिएको हो। उनका अनुसार सबै बम पड्किने अवस्थामा थिए।

डिस्पोज गर्दा ठूलो आवाजमा बम पड्किएको सेनानी बाबुलाल जिसीले बताए। दुई चरणमा गरी सबै बम डिस्पोज गरिएको उनले जानकारी दिए। माओवादीको प्रभाव क्षेत्र भएकाले ती बम माओवादी लडाकुहरूले युद्धकालमै त्यहाँ छाडेको हुन सक्ने अनुमान गरिएको छ।

ad
ad
ad
ad