मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Thursday, 19 December, 2024
तस्बिर : तिलप्रसाद श्रेष्ठ बायाँ र लालबहादुर कुँवर दायाँ
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २७ शुक्रबार ११:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ र उच्चकाे न्यायाधीशमा कुँवर सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार ११:१६:oo

न्यायपरिषद् बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद् बैठकले श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

यस्तै, बैठकले सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ। संविधानको धारा १२९ को उपधारा (२) मा न्याय परिषद्‌को सिफारिसमा राष्ट्रपतिले सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने तथा संविधानको धारा १४० को उपधारा (१)मा न्याय परिषद्‌को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।