१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २६ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका संखुवासभा
२o७८ फाल्गुण २६ बिहीबार १o:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संखुवासभा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो (अपडेट)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
२o७८ फाल्गुण २६ बिहीबार १o:४३:oo

पाँचजनाको जीवितै उद्धार

संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ । मादी– ६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।     
     
आज बिहान ७:३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा.४ख ७३५ नम्बरको बस दुर्घटनामा परेको हो । मृतकको अझै सनाखन हुन सकेको छैन । बस दुर्घटनामा परेका पाँचजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । बसमा करिब १९ देखि २१ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । 

बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।  के कारणले बस दुर्घटनामा परेको हो भन्ने खुलेको छैन।  दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।