मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ फाल्गुण २६ बिहीबार
  • Tuesday, 01 September, 2026
२o७८ फाल्गुण २६ बिहीबार o६:२५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुँजीगत खर्च ९० प्रतिशत पुग्ने गरी बजेट परिचालन गर्न अर्थमन्त्रीको निर्देशन

जति सिलिङ तोकिएको छ, त्यहीअनुसार बजेट बनाउनुस्, तर, पहिले आफूहरूबीच छलफल गरेर बजेट कार्यान्वयनमा देखिएका समस्या पहिल्याउनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २६ बिहीबार o६:२५:oo

अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्ष ०७८/७९ को पुँजीगत खर्च ९० प्रतिशत पुर्‍याउन निर्देशन दिएका छन् । पुँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले मध्यावधि समीक्षामार्फत ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोहीअनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

‘हाम्रो अहिलेको छलफलमा ८० प्रतिशत भन्दा बढी खर्च नहुने देखियो । जब कि बजेटको मध्यावधि समीक्षाले ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो’ उनले भने । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले कमजोर पुँजीगत खर्च गर्ने प्रवृत्तिबाट निराश भएको बताए । ‘भएको बजेटको कार्यान्वयन हेर्‍यो भने २० प्रतिशत पनि पुगेको छैन । तर, थप बजेटको माग गर्ने स्थिति हेर्‍यो भने विकराल छ’ उनले भने ।

बजेट कार्यक्रममा देखिएका समस्या पुरानै भएकाले आगामी बजेट निर्माण गर्दा सबै कमजोरी सुधार गर्न अर्थमन्त्री शर्माले निर्देशन दिएका छन् । सबै मन्त्रालयलाई बजेटको सिलिङ पठाइसकेको जानकारी दिँदै उनले कार्यक्रम बनाएर पठाउनुको सट्टा बजेट कार्यान्वयनमा हालसम्म देखिएका समस्या सुधार गर्ने कार्ययोजना पहिला पेस गर्न निर्देशन दिए । ‘जति सिलिङ तोकिएको छ, त्यहीअनुसार बजेट बनाउनुस् । तर, पहिले आफूहरूबीच छलफल गरेर बजेट कार्यान्वयनमा देखिएका समस्या पहिल्याउनुस् । अहिलेसम्मको समस्या नदोहोरिने सुझाव के हुन् भन्ने कुरा एक हप्ताभित्र अर्थमा सबैले पठाउनुस्,’ उनले भने ।