१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २५ बुधबार
  • Saturday, 28 September, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७८ फाल्गुण २५ बुधबार १o:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको धनुषा सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ फाल्गुण २५ बुधबार १o:३९:oo

नेपाली कांग्रेस धनुषाको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।  पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीनजना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ ।

जिल्ला सभापतिका उम्मेदवारमध्ये  कांग्रेस नेता विमलेन्द्र निधिनिकट योगेन्द्र पजियारले सर्वाधिक मत एक हजार दुई सय ४८, संस्थापन पक्षका सन्तोषकुमार यादवले आठ सय ८३ र कोइराला गुटका दिनेशप्रसाद प्रसैला यादवले ६ सय ३० मत ल्याएका छन् । कुल दुई  हजार नौ सय १२ मत खसेकोमा एक सय ५१ मत बदर भएको कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ । 

कांग्रेसको पार्टी विद्यानअनुसार सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रवधान रहेकोले दोस्रो चरणमा सर्वाधिक मत ल्याउने पजियार र दोस्रो बढी मत ल्याउन सन्तोषकुमार यादवबीच पुनः मतदान हुनेछ भने दिनेशप्रसाद प्रसैला यादव दोस्रो चरणको मतदानबाट बाहिरिएका छन् ।

यता, निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनको समयसमेत तोकेको छ । निर्वाचन समितिका सदस्य रामगुलाम कर्णका अनुसार दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ८ बजेदेखि ११ बजेसम्मको समय तोकिएको बताए । यता, प्रसैला निर्वाचनबाट बाहिरपछि उनलाई आफ्नोतर्फ तान्न दुवै समूहले प्रयास गरिरहेका छन् । प्रसैला पजियारलाई सहयोग गरेको खण्डमा पजियारको सहज रूपमा निर्वाचित हुनेछ भने यादवलाई समर्थन गरेपछि यादवलाई जित्न सकस नै हुने देखिन्छ ।