१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २५ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौंं
२o७८ फाल्गुण २५ बुधबार o९:१६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मुद्दा जिताइदिने भन्दै ठगी : पीडित दुई सातादेखि बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
नयाँ पत्रिका
२o७८ फाल्गुण २५ बुधबार o९:१६:oo

जग्गासम्बन्धी मुद्दामा ठगिएका एक व्यक्ति दुई सातादेखि रहस्यमय रूपमा बेपत्ता भएका छन् । ठगी गर्ने व्यक्तिलाई भेट्न सर्लाही गएका झापाका राजन खरेल ७ फागुनदेखि बेपत्ता भएका हुन् ।  

परिवार र उनका कानुन व्यवसायीका अनुसार झापामा ४२ कट्ठा जग्गा किन्ने तयारीमा थिए खरेल । त्यो जग्गाको विषयमा जिल्ला अदालत झापामा मुद्दा परेको थियो । अदालतमा मुद्दा जिताइदिने भन्दै सर्लाहीका विजय ठाकुरले उनीसँग १० लाख रुपैयाँ लिएका थिए । मुद्दा हारेपछि  खरेल पैसा फिर्ता माग्न सर्लाही गएकोमा उनको त्यसयता कोहीसँग सम्पर्क नभएको उनकी श्रीमती पार्वती रिजालले बताइन् ।

खरेल साथी पुष्कर गौतमसहित सर्लाही गएका थिए । गौतमको दाबीअनुसार उनीहरू खाजा खान एक रेस्टुरेन्टमा गएकोमा खरेल मोबाइल त्यहीँ   छाडेर बाहिर निस्किएकोमा त्यसपछि सम्पर्कविहीन भएका हुन् । खोजिदिन भन्दै त्यही दिन स्थानीय प्रहरीमा उजुरी परेको थियो । तर, होटेलमा मोबाइल छाडेर उनी त्यसरी बाहिरिएको कुरा शंकास्पद देखिएको छ । आफूहरूलाई जानकारी नदिई त्यसरी मुद्दा जिताउने नाममा लेनदेन भएको र पीडित नै हाल सम्पर्कविहीन भएको अधिवक्ता नानीबाबु दाहालले बताए । 

गौतमले नै खरेललाई मुद्दा जिताइदिने भन्दै ठाकुरसँग भेट गराइदिएका हुन् । पैसा फिर्ता माग्न उनी गौतमलाई लिएर गएका थिए । तर, सर्लाहीमा जाँदा ठाकुरले भेट्न नमानेको र पछि काठमाडौं आएर पैसा फिर्ता गर्ने बताएका थिए । सर्लाहीका एसपी कृष्ण प्रसाईले घटनाबारे आफूलाई जानकारी नआएको बताए । त्यसबारे बुझेर विस्तृत अनुसन्धान गरिने उनको भनाइ छ ।