Skip This
पाटन–जावलाखेल–पुल्चोक धूम्रपान निषेधित क्षेत्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २० शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २० शुक्रबार १२:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाटन–जावलाखेल–पुल्चोक धूम्रपान निषेधित क्षेत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २० शुक्रबार १२:o९:oo

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ। शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहे पनि कोरोनाको कारण सफल हुन नसकेको बताए। उनले आजबाट लागू हुने गरी सुरु भएको धूम्रपान निषेधित क्षेत्रमा सुरुवाती सात दिन धूम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिवाना तिराउने बताए। जरिवानाबाट उठेको रकम क्यान्सरपीडितलाई सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

मेयर महर्जनले भने, ‘यो आउटस्ट्यान्डिङ कार्यक्रम हो। नेपाल सरकारले घोषणा गर्छ, तर कार्यान्वयन गर्दैन। तसर्थ आज हामीले यो कार्यक्रम शुभारम्भ गरेका छौँ । दुई वर्षअघि नै लञ्च गर्ने कार्यक्रम थियो, तर कोरोना भाइरसका कारण सफल हुन सकेनौँ। स्मोकिङ किल्स भन्ने जुन भनाइ छ यो शतप्रतिशत करेक्ट छ। अहिले हामीले जावलाखेल, पुल्चोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ। हामी यसलाई सफल पारेरै छोड्छौँ।’

मेयर महर्जनले सरकारले विभिन्न कानुन तर्जुमा गरे पनि कार्यान्वयन नगरेको भन्दै महानगरपालिकाले भने लापरबाही नगरी कार्यक्रम सफल बनाउने प्रतिबद्धता जनाएका छन्।