नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास पुगेका छन्। एमसिसी अनुमोदनको विषयमा दुई नेताहरूबीच दुरी बढेपछि प्रचण्ड श्रेष्ठनिवास हात्तीवन पुगेका हुन्। संसदबाट एमसिसी अनुमोदन गर्ने पार्टी निर्णयप्रति श्रेष्ठ असन्तुष्ट छन्।
सोमबार एमसिसीबारे प्रस्टीकरण दिन आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठप्रति लक्षित गर्दै टिप्पणी गरेका थिए।