१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १५ आइतबार
  • Thursday, 27 June, 2024
२o७८ फाल्गुण १५ आइतबार १३:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अभिनेता पल शाहद्वारा आत्मसमर्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १५ आइतबार १३:१o:oo

जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहले प्रहरीसामु आत्मसमर्पण गरेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उनले आत्मसमर्पण गरेका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

१७ वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए। पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिएका थिए।

पीडितका परिवारले शाहले ०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ। त्यस्तै, ०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ। 

जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारबाही गरी कानुनबमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ।

ad
ad
ad
ad