१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १५ आइतबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १५ आइतबार ११:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

अभिनेता पल शाह प्रहरीमा आफैँ उपस्थित हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १५ आइतबार ११:१७:oo

अभिनेता तथा मोडल पल शाहले प्रहरीमा आफैँ उपस्थित हुने बताएका छन्। उनले फेसबुकमार्फत आज (आइतबार) नै प्रहरीसामु उपस्थित हुने जनाएका हुन्। प्रदर्शनमा आएको आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु– २’ लाई प्रभाव नपरोस् भन्ने हेतुले यसअघि प्रहरीमा उपस्थित हुन नसकेको भन्दै माफीसमेत मागेका छन्।

‘मेरो आफ्नो स्वास्थ्यस्थिति बिग्रिएको हुनाले साथै घरको सबै घरव्यवहार मिलाउनुपरेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु– २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु। नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु म आफैँ उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’ उनले फेसबुकमा लेखेका छन्।

ad
ad
ad
ad