१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

गण्डकी प्रदेश स्तरीय दोस्रो विद्यालय नाटक महोत्सव सुरु            

आठ जिल्लाका १२ नाटक मञ्चन हुने    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:५६:oo

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि पोखरामा गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव सुरु भएको छ । पोखरा थिएटरको आयोजना सुरु दोस्रो संस्करणको महोत्सव १४ फागुनसम्म चल्नेछ । चारदिने महोत्सवमा आठ जिल्लाका १२ नाटक मञ्चन हुनेछन् । महोत्सव सम्पन्न गर्न गण्डकी प्रज्ञा–प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाडौं र पोखरा प्रज्ञा–प्रतिष्ठााले सहकार्य गरेका छन् । महोत्सवको नेपाल संगीत तथा नाट्य–प्रज्ञा प्रतिष्ठानका कुलपती नारायणभक्त श्रेष्ठ रायनले उद्घाटन गरेका थिए ।

महोत्सवमा सहभागीताका लागि प्राप्त २४ नाटकहरुमध्येबाट पहिलो चरणमा १६ र अन्तिम चरणका लागि १२ नाटक छनोट भएका हुन् । छनोेट समितिले सम्वन्धित जिल्ला र ठाउँमा गएर नाटक अवलोकन गरेका थिए । छनोट समितिको संयोजकमा कलाकार प्रकाश घिमिरे र सदस्यहरुमा चलचित्र निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका थिए । आयोजकले सुरुमा अन्तिम चरणका लागि १० नाटक छनोट गर्ने भनेपनि प्रस्तुतीका आधारमा थप २ नाटकलाई प्रोत्साहन स्वरुप छनोट गरिएको आयोजक थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । 

आठ जिल्लाका १२ नाटक मञ्चन हुने 
चार दिने महोत्सवमा आठ जिल्लाका नाटक मञ्चन हुनेछन् । मञ्चन हुने नाटकहरुमा कास्कीबाट मनोज अधिकारीको ‘भानुभक्त आवसीय माध्यमिक विद्यालयको शान्तिको अशान्ति’ र सुनिता ज्ञवालीको ‘धर्मस्थली आधारभूत विद्यालयको आरोह अवरोह’, नवलपुरबाट लिलाबहादुर भण्डारीको ‘कुमारी प्रा.वि.को हराएको खुशी’, खगराज सापकोटाको ‘त्रिभुवन बाल माध्यमिक विद्यालयको जिम्मेवार को ?’ र अनामिका सापकोटाको ‘बरचुली माध्यमिक विद्यालयको सक्षम छात्रा’, लमजुङबाट भरत रानाको ‘युनिभर्सल एकेडेमीको धनवहादुर’ र सुर्य बहादुर केसीको ‘विद्याज्योति माध्यमिक विद्यालय सुन्दरबजारको जीउँदा लाशहरु’  शीर्षकको नाटक रहेका छन् । 

यसैगरि पर्वतबाट मिना रेग्मीको ‘न्यु होराइजन आवासीय माध्यमिक विद्यालयको मेरो समाजका नारी’, बाग्लुङबाट जीवननाथ शर्मा रेग्मीको ‘कालीगण्डकी आवासीय माध्यमिक विद्यालयको विदेशिनु पर्दाको पीडा’, म्याग्दीबाट कर्ण बस्यालको ‘बेनी सामुदायिक माध्यामिक विद्यालयको बाल विवाह’, तनहुँबाट टुकादेवी पौडेलको ‘पञ्चमुनिदेव माध्यामिक विद्यालयको नाम बिनाको चिर्कटो’ र  गोरखाबाट अनिता देसाईको ‘शक्ती माध्यमिक विद्यालयको एक समर्पित छोरा’ शीर्षकको नाटक रहेका छन् ।

एक दिनमा तीन नाटक मञ्चन हुने      

चारदिने महोत्सवमा एक दिनमा तीन बटा नाटक मञ्चन हुनेछन् । नाटकहरु पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।  महोत्सवमा शुक्रबार जीउँदा लाशहरु, सक्षम छात्रा र बाल विवाह मञ्चन भएका थिए भने शनिबार हराएको खुसी, विदेशिनु पर्दाको पीडा र मेरो समाजका नारी मञ्चन हुनेछ ।
 

ad
ad