मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १२ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण १२ बिहीबार ११:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मीनभवनदेखि माइतीघरसम्म व्यापक प्रहरी परिचालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण १२ बिहीबार ११:२८:oo

विभिन्न राजनीतिक दलनिकट भ्रातृ संगठनहरूले आज बानेश्वर क्षेत्रमा आन्दोलन चर्काउन सक्ने भन्दै प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा बढाएको छ। प्रदर्शनकारीबाट हुन सक्ने अराजक गतिविधि रोक्न मीनभवनदेखि माइतीघरसम्म प्रहरी तैनाथ खटाइएको छ।

संसदमा आज एमसिसीबारे छलफल हुने भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका भ्रातृ संगठनले आन्दोलन चर्काउने बताएका छन्। सोही अवस्थालाई मध्यनजर राखेर प्रहरी सुरक्षा व्यवस्था बढाइएको हो। संसद् भवनअगाडि र बानेश्वर चोकमा सशस्त्र प्रहरी खटाइएको छ। त्यस्तै, संसद् भवनको बाहिरपट्टि पर्खालमा तारजाली थपिएको छ। यातायात कार्यालयअगाडि वाटर क्यालन (ट्यांकर) राखिएको छ। 

भ्रातृ संगठनहरूले दिउँसो १ बजेदेखि बस्ने बैठकलाई बिथोल्ने गरी आन्दोलन गर्ने बताएका छन्। फागुन ८ गते आइतबार पनि बानेश्वरमा विभिन्न भ्रातृ संगठनले आन्दोलन गरेका थिए। उक्त आन्दोलनका क्रममा ११ जना प्रदर्शनकारी र ३२ जना प्रहरी सामान्य घाइते भएका थिए।

आज हुने प्रदर्शन पनि अराजकपूर्ण  हुन सक्ने भन्दै गृह मन्त्रालयले प्रहरी प्रशासनलाई सुरक्षा अवस्था बढाउन निर्देशन दिएको छ ।  फागुन ८ गते एमसिसी सदनमा टेबुल भएको थियो।