१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ११ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ११ बुधबार २२:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनको आक्रोस : एमसिसी उपहार हो कि प्यान्डोराको बाकस ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ११ बुधबार २२:३९:oo

चीनले नेपालमा अमेरिकी एमसिसी अनुदान सम्झौता उपहार हो कि प्यान्डोराको बाकस भन्दै चर्को बिरोध जनाएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रबक्ता हुवा चुनयिङ्ले बुधवार बेइजिमा आयोजित पत्रकार सम्मेलनमा एमसिसी उपहार हो कि प्यान्डोराको बाकस भनेर आक्रोसमिश्रीत प्रश्न गरेकी छिन् । 

नेपाल एमसिसी सम्झौता पारित गर्न असफल भए त्यसले दुईपक्षीय सम्बन्ध प्रभावित हुने अमेरिकी भनाई तथा एमसिसी अमेरिकाको उपहार भएको भन्ने अमेरिकी राजदुताबासको प्रतिक्रियाको उनले कडा प्रतिबाद गरिन् । ‘यस्तो ‘उपहार’ कसैले स्वीकार गर्न सक्छ ? यो ‘उपहार’ हो कि प्यान्डोराको बाकस ?’ उनको प्रश्न थियो । 

अमेरिकी राजदूताबासले ५० करोड अमेरिकी डलरको अनुदानलाई अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहार भनेका थिए । तर चिनियाँ प्रबक्ताले भनिन्, ‘ कुनै ‘उपहार’ अल्टिमेटमको प्याकेजका रुपमा आउने कुरामा म आश्चर्य चकित छु । मैले त यो नेपाली उखान ‘यो राम्रो देखिन्छ, तर चपाउन गाह्रो हुन्छ’ भन्नेमा परिणत हुने डर देखेकी छु ।’ 

चिनियाँ विदेश मन्त्रालयका प्रबक्ता वाङ वेनविनले बेइजिङ्मा ६ फागुनमा आयोजित पत्रकार सम्मेलनमा एमसिसीका नाममा अमेरिकाले नेपालमा जबर्जस्ती कूटनीति सञ्चालन गरेको भन्दै चीनले यसको विरोध गर्ने बताएका थिए । एक साताभित्रै चिनियाँ प्रबक्ताको भनाई छ, ‘चीनको स्थिर विश्वास छ कि अन्तराष्ट्रिय विकास सहयोग लेनदेनका क्रममा आपसी सम्मान र समानताको सिद्धान्त लागु हुनुपर्छ, मुलुकको सार्वभौमसत्ताको चासो तथा जनताको चाहनालाई पूर्णरुपमा सम्मान गरिनुपर्छ, मुलुकको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेप हुनु हुँदैन, कुनै राजनीतिक स्वार्थ जोडिएको हुनु हुँदैन, जबर्जस्ती कूटनीति हुनु हुँदैन र आफ्नो स्वार्थको हितका लागि कुनै पनि हालतमा अन्य मुलुकहरुको सार्वभौमसत्ता र हितको हनन गरिनु हुँदैन ।’