मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २२ सोमबार १९:२४:oo
Read Time : < 1 मिनेट
समाचार

राहदानी विभागद्वारा इ-पासपाेर्टको टेन्डर म्याद एक महिना थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार १९:२४:oo

राहदानी विभागले इ-पासपोर्ट छपाइका लागि टेन्डरको म्याद एक महिना थपेर २९ माघसम्म पुर्‍याएको छ । विभागले पासपोर्ट छपाइका लागि १३ मंसिरमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै २८ पुससम्म आवेदन दिने म्याद तोकेको थियो । विभागले अब यो समयसीमा एक महिना थपेको हो ।

करिब १२ अर्ब रुपैयाँको पासपोर्ट छपाइको टेन्डर आह्वान गर्दा विभागले अमुक कम्पनीलाई फाइदा पुग्ने गरी बोलपत्रका पूर्वसर्तहरू राखेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । त्यसपछि विभागले म्याद एक महिना थपेको छ ।

विभागले आफ्नो वेबसाइटमा आइतबार सूचना प्रकाशन गर्दै समय थपेको जानकारी दिएको छ । विभागले आवेदन परेका कम्पनीहरूको प्राविधिक प्रस्ताव ३० माघमा दिउँसो २ बजे खोल्नेछ । अहिले फ्रान्सको कम्पनी आइडिमियाले पासपोर्ट छपाई गर्दै आएको छ । प्रतिस्पर्धामा जाने रुचि गरेका कतिपय अन्तर्राष्ट्रिय कम्पनीहरूले आइडिमियालाई नै पुनः टेन्डर दिने गरी सर्तहरू राखिएको भन्दै संशोशनका लागि माग गर्दै आएका छन् । आइडिमियाले हालसम्म ५१ लाख इ-पासपोर्ट छापिसकेकोछ ।

फागुन ०७६ देखि आइडिमिया कम्पनीले इ-पासपोर्ट छाप्दै आएको छ । विभागले आइडिमियासँग सुरुमा २० लाख इ-पासपोर्ट छपाइका लागि सम्झौता गरेको थियो भने दुईपटक भेरिएसनका क्रममा ३१ लाख छाप्ने सम्झौता छ । विभागका एक अधिकारीका अनुसार पासपोर्ट आगामी कात्तिकसम्म पुग्नेछ भने त्यसअघि नै नयाँ टेन्डरमार्फत छपाइ सुरु भइसक्नेछ। 

अन्य कम्पनीले सबैलाई खुला र नियमसंगत प्रतिस्पर्धा गर्ने अवसरका लागि अनुरोध गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले राहदानी विभागलाई २१ पुसमा चिठी लेखेर उनीहरूको जायज माग सम्बोधन गर्न अनुरोध गरेको थियो। विभागले दुईवटा प्याकेजमा टेन्डर आह्वान गरेको छ ।  पाँच वर्षका लागि पासपोर्ट छपाइ कम्पनी छनोट गर्न टेन्डर आह्वान भएको हो ।