मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २२ सोमबार १९:o५:oo
Read Time : < 1 मिनेट
समाचार

कान्ति अस्पताललाई स्वास्थ्य जनशक्ति उत्पादन गर्ने संस्थाका रूपमा पनि विकास गर्नुपर्छ : स्वास्थ्यमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार १९:o५:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति अस्पताललाई उपचाराचात्मक सेवा मात्रै नभएर स्वास्थ्य उपचार सेवा दिने जनशक्ति उत्पादन गर्ने संस्थाका रूपमा विकास गर्ने गरी गृहकार्य भइरहेका बताएका छन् । सोमबार अस्पतालको ६३औँ वार्षिकोत्सवमा मन्त्री पौडेलले अस्पतालको मास्टर प्लान र सुधारको रणनीतिअनुसार मन्त्रालयले योजना अघि सारेको बताएका हुन् ।

उनले कान्ति अस्पताल थुप्रै समस्यासँग जुधिरहेको बताउँदै त्यसबारेमा मन्त्रालयले सक्दो सम्बोधन गर्ने जानकारी दिए । तर व्यवस्थापकीय पक्षमा भने केही त्रुटि रहेको भन्दै ध्यानाकर्षण गराए । ‘अस्पतालमा बिरामी धेरै आउनु भनेको यहाँ राम्रो भएर हो, तर अस्पतालको केही व्यवस्थापकीय पक्षमा त्रुटि छ,’ उनले भने, ‘यसलाई आवश्वयक पर्ने जनशक्ति, उपकरण र भौतिक संरचना छैन, यहाँ काम गर्नेहरूले अन्तजति सेवा सुविधा प्राप्त गर्नुभएको छैन, यी कुराहरूलाई हामीले सम्बोधन गर्नु जरुरी छ।’ 

उनले उपलब्ध साधनस्रोतभित्र अधिकतम सेवा प्रवाह गर्ने गरी काम गर्न अस्पताल टिमलाई निर्देशनसमेत दिए । कान्तिलाई उपचाराचात्मक सेवा मात्रै नभएर उपचार सेवा दिने जनशक्ति दिने संस्थाका रूपमा विकास गर्ने रणनीतिअनुसार अघि बढ्ने योजना अघि सारिएको उनले बताए । उनले बिरामीबाट लिएको शुल्क र निःशुल्क सुविधा दिएका बिरामीको तथ्यांक अस्पतालले सार्वजनिक गर्नुेपर्ने समेत बताए । ‘जति आउनुभएको छ, सबैलाई बेड दिन सकिएको छैन । त्यस्तो अवस्थामा सकेसम्म बिरामीलाई नफर्काउने, तर फर्काउनुपरे अन्यन्त्रै ठाउँसमेत देखाइदिन आवश्यक छ,’ उनले भने, ‘अस्पतालमा पनि कतिपय कर्मचारी मरीमरी काम गर्ने कतिपयले हाजिर गरेर टाप कस्ने अवस्था छ, त्यसको मूल्यांकन हुनुपर्छ।’