१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ११ बुधबार
  • Sunday, 29 September, 2024
२o७८ फाल्गुण ११ बुधबार o८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

श्रीमानको हत्या गरी शरीर टुक्राटुक्रा पारी जंगलमा फाल्ने महिला र उनका प्रेमी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ११ बुधबार o८:१९:oo

श्रीमानकाे हत्या गरी शरीर टुक्राटुक्रा पारी धरान–धनकुटा सडकखण्डको जंगलमा फाल्ने महिला र उनका प्रेमी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी छन् । दुवैलाई प्रहरीले मंगलबार साँझ सार्वजनिक गरेको छ । केसी सिग्देलकी कान्छी श्रीमती हुन् ।

इलामको चुलाचुली बाँझो घर भएका दिनेश सिग्देलले १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेको प्रहरीले जनाएको छ । अनिताको माइतीघर सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर रहेको र उनको साथमा सात वर्षीया छोरी पनि छिन् । अनिताका प्रेमी भण्डारी मोरङको विराटनगर महानगरपालिका–४ इक्राही टोलका हुन् । 

दिनेश बहराइनको टाटवीर पेट्रोलियम कम्पनीमा सेक्युरिटी गार्डको काम गर्थे । कम्पनीमा १५ दिनको बिदा लिएर उनी २० पुसमा नेपाल आएका थिए । २१ पुसमा विराटनगर आएर होटेलमा बसेका उनको भोलिपल्ट हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएससपी सञ्जयसिंह थापाले जानकारी दिए ।

२२ पुस राति विराटनगर–३, पीपलचोकमा रहेको डेरामा दिनेश र अनिताबीच विवाद सुरु भएको थियो । त्यहीबीचमा सरोज भण्डारी आए । केहीबेरपछि सरोजले ल्याएको गलबन्दीले घाँटीमा कसेर सिग्देलको हत्या गरेको एसपी थापाले बताए ।

हत्या गरेपछि शव त्यही कोठामा छाडेर भोलिपल्ट ग्रेन्डर मेसिन, जेब्रा झोला, पोलेथिनलगायत सामान ल्याएको र लास टुक्राटुुक्रा बनाएर झोलामा हाली २३ पुस साँझमा धरान–भेडेटार सडकखण्डको जंगलमा फालेको अनुसन्धानबाट खुलेको छ ।