१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२o८१ बैशाख २१ शुक्रबार १३:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी सम्झौता जनतासमक्ष लैजाने कांग्रेस बागमती प्रदेशको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:४२:oo

नेपाली कांग्रेस बागमती प्रदेशले एमसिसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ। सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न कांग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले एमसिसीबारे विषयवस्तु तयार गरी भ्रमलाई चिर्दै जिल्लामार्फत स्थानीय तहमा पठाई जनतालाई बुझाउने निर्णय गरेको हो।

त्यस्तै, आसन्न स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनमा भएको मत संख्यासहितको तथ्यांक संकलन गरी आगामी दिनमा खेल्नुपर्ने भूमिकासहित प्रदेशले जिल्ला पार्टीमा १५ दिनभित्र पठाउने र जिल्लामार्फत स्थानीय तहमा पठाउने निर्णय गरेको सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए।

बैठकले जगदीशनरसिंह केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाईं, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ। बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति र विभागका सदस्यको मासिक लेबीसमेत तोकेको छ भने कांग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेश सभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेबी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको सहमहामन्त्री श्रेष्ठले जानकारी दिए। रासस

ad
ad