१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ९ सोमबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ९ सोमबार १६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

सेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ९ सोमबार १६:३३:oo

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ। आइतबार ३९.४० अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार २५.४१ अंकले बढेर दुई हजार ७१८.५१ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इन्डेक्स पनि ५.१५ अंकले बढेको छ।

सोमबार कारोबारमा आएका दुई सय २४ कम्पनीको ४९ लाख ९२ हजार कित्ता सेयर दुई अर्ब ९९ करोड ७६ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार चार अर्ब आठ करोड ६४ लाख ७४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक सबैभन्दा बढी २.२४ प्रतिशत बढेको छ। अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी परियोजना एमसिसी संसदमा प्रस्तुत भएसँगै आज लगानीकर्ता जलविद्युत् कम्पनीहरूमा आकर्षित भएका हुन्। त्यस्तै, वित्त, होटेल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ।

सोमबारको कारोबारमा आएकामध्ये १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसरी बढेको १० कम्पनीमध्ये सातवटा हाइड्रोपावर कम्पनी रहेका छन्। युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, गुराँस लघुवित्तको सेयरमूल्य ९.६५ प्रतिशत बढेको छ। आज कारोबार रकमका आधारमा २६ करोडभन्दा बढीको सेयर खरिद–बिक्री गरेर एनटिसी शीर्ष स्थानमा रहेको छ भने जीवन विकास लघुवित्त दोस्रो स्थानमा रहेको छ।

ad
ad
ad
ad