१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बैंकिङ कसुरको मुद्दामा ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४८:oo

बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। दुई करोड रुपैयाँको चेक बाउन्ससम्बन्धी उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनले दुई व्यक्तिलाई दिएको दुईवटा चेक बाउन्समा परेको महानगरीय प्रहरी परिसरका एसएसपी सुदीप गिरीले जानकारी दिए।

उनका अनुसार अग्रवालले बाउन्स चेक दिएर पटक–पटक झुक्याएपछि पीडितले परिसरमा जाहेरी दिएका थिए। उक्त उजुरी भने ६ महिनाअघि परेको थियो। ५० लाख रुपैयाँको चेक बाउन्स भएको भन्दै सञ्जय अधिकारी र टंकशमशेर जबराले परिसरमा उजुरी दिएका थिए। उनका विरुद्ध अर्का एक व्यक्तिले पनि उजुरी हालेका थिए। 

अग्रवालले विभिन्न वित्तीय संस्था, आफन्त, साथीभाइलगायतको गरी करोडौँ रुपैयाँ ऋण तथा सापटी लिएका थिए। तर, उक्त रकम भुक्तानी गर्न नसकेर उनीसहित ग्रिनलाइन कम्पनीका अन्य सञ्चालकहरू लुकेर बसेका थिए। 

उनलाई बैंकिङ कसुरसम्बन्धी सजाय ऐन, २०६४ को दफा १९ (२) बमोजिम कारबाही हुने प्रहरीले बताएको छ। उनीमाथि थप अनुसन्धानका लागि उच्च अदालत पाटनबाट चार दिनका लागि म्याद थप भएको छ । अग्रवाललाई प्रहरीले शनिबार पक्राउ गरेको थियो। 
 

ad
ad