पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा चारजनाको मृत्यु भएको छ भने एक हजार २७२ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९६ नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो। हाल देशभर १३ हजार ३५७ जना कोरोनाका सक्रिय संक्रमित छन्।