मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ६ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण ६ शुक्रबार २१:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पुँजीबजार सुधार्न स्वतन्त्र भएर काम गर्न अर्थमन्त्रीको सुझाब 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण ६ शुक्रबार २१:१४:oo

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई सुझाब दिएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा शपथग्रहण गराउँदै उनले  पुँजीबजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरेका हुन् । 

नवनियुक्त अध्यक्ष हमालले सेबोन र पुँजीबजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने बताए । त्यसमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै निरन्तर सहयोग गर्न आग्रहसमेत गरे । 

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना सेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि सरकारले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो । हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।