१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ६ शुक्रबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ६ शुक्रबार १४:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धन राजनीतिक बाध्यताको उपज : मन्त्री झाँक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ६ शुक्रबार १४:२२:oo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्तागठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छिन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाका लागि चाहेर वा नचाहेर बनेको बताइन्। उनले एमसिसीजस्ता विषयहरू नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको टिप्पणी गरिन्।

उनले आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले प्रधानमन्त्रीको एमसिसीप्रतिको धारणा मन्त्रिपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि धारणा  त्यही भएको बताइन्। मन्त्री झाँक्रीले एमसिसीजस्ता देशका लागि किचलो बनाउने विषयहरूबाट सरकार टाढा रहनु उचित हुने पनि बताइन्।