१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
२o८१ असोज ५ शनिबार o९:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ताप्लेजुङमा अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार o९:३५:oo

ताप्लेजुङमा अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिता सुरु भएको छ ।म्याराथनकोलागि एक विदेशीसहित  ५६ जनाले आवेदन दिएका थिए । त्यसमा महिला १६ जना र पुरूष ४० रहेकोमा ५१ जना म्याराथुनमा सहभागी छन् ।प्रतियोगिताको प्रचार तथा सूचना प्रविधिको संयोजन गरिरहेका दिलकुमार लिम्बुका अनुसार प्रतियोगितामा दक्षिण कोरियाका एक नागरिक म्याराथनमा सहभागी छन् ।

अन्तराष्ट्रिय रेडपाण्डा संरक्षण दिवसको अवसर पारेर प्रतियोगिता प्रतियोगिता गरिएको हो । आवेदन दिएका मध्येबाट पाँच महिलाले भाग लिएनन् । फुङलिङ बजारको तोक्मेडाँडाबाट सुरु भइ तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरसम्म पुगेर पुनः फुङलिङ बजार फर्कने गरी कुल ४८ किलोमिटर दुरी पार गर्नुपर्ने छ । 

म्याराथनमा सबैभन्दा पहिला दौड पूरा गर्ने एकजनालाई म्याराथनका विजेता घोषित गरी नगद एक लाख रुपैयाँ पुरस्कार दिइने छ भने सर्वाेत्कृष्ट धावकबाहेक पुरुष र महिलातर्फका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः जनही ५०,३० र २० हजार रुपैयाँ नगद पुरस्कार दिइने बताइएको छ । 

यस्तै ताप्लेजुङ, पाँचथरको फालेलुङ गाउँपालिका ६ का वडाध्यक्ष अंबरविर राईसहित, इलामबाट पनि सहभागी भएको आयोजकले बताएको छ । सो म्याथुनको उत्घाटन ताप्लेजुङ जिल्लाका जिल्ला समन्वय समितिका संयोजक छिरिङ शेर्पा, रेडपाण्डा नेटवकका कन्ट्रि मेनेजर आङछिरिङ शेर्पा, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायतले म्याराथनको उद्घाटन गरेका थिए ।