१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ६ शुक्रबार
  • Friday, 05 July, 2024
२o७८ फाल्गुण ६ शुक्रबार १o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एरो थाईको विमान भैरहवामा, शुक्रबारदेखि क्यालिब्रेसन फ्लाइट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ६ शुक्रबार १o:४२:oo

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रविधि परीक्षण गर्न एरो थाईको विशेष उपकरणजडित विमान भैरहवा आइपुगेको छ । पाइलट, को–पाइलट, प्राविधिकसहित सातजनाको टोली रहेको विशेष विमान भैरहवा आइपुगेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

शुक्रबारबाट नै अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट सुरु गरिने उनले बताए । विमानस्थलबाट आगामी २ जेठ (बुद्धपूर्णिमा) देखि व्यावसायिक उडान सुरु गर्ने गरी काम अगाडि बढिरहेको दाहालले बताए । शुक्रबारदेखि सुरु हुने चेकजाँच १५ फागुनसम्म हुनेछ । परीक्षणपछि  सकिएको एक हप्तामा रिपोर्ट आएसँगै परीक्षण उडान र व्यावसायिक उडानका लागि तयारी अगाडि बढाउने दाहालले बताए ।

विमानस्थलमा क्यालिबे्रसन फ्लाइट सुरु हुने भएपछि शुक्रबारदेखि गौतम बुद्ध विमानस्थलबाट दिउँसोमा हुने उडान फागुन १५ गतेसम्मका लागि बन्द गरिएको छ । फागुन ६ गतेदेखि बिहान १० बजेदेखि साँझ ५ः३० बजेसम्म विमानस्थलमा उडान सेवा बन्द गरिएको महानिर्देशक दाहालले बताए ।

प्राविधिक टोलीले हवाई उडान क्षेत्रको बारेमा अध्ययन गरेपछि क्यालिब्रेसन फ्लाइट सुरु गर्नेछ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले उडान गर्नुभन्दा पछि उडान गर्ने क्षेत्रको बारेमा प्राविधिक टोलीले अध्ययन गर्ने जनाइएको छ ।

ad
ad
ad
ad