मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ५ बिहीबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण ५ बिहीबार २१:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा छिमेकीको सहयोगमा बुहारीले गरिन् सासूको  हत्या  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ५ बिहीबार २१:oo:oo

दाङमा छिमेकीको सहयोग लिएर आफ्नै बुहारीले सासूको हत्या गरेकी छिन् । घोराही उपमहानगरपालिका वडा नं. १९ खानीगाउँ निवासी २३ वर्षीया वसन्ती घर्तीले आफ्नै सासू ५५ वर्षीया इन्द्रकुमारी घर्तीलाई हत्या गरेकी हुन्। उनले  छिमेकी २२ वर्षीया दुर्गा घर्तीको सहयोगमा हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

सासू र बुहारीबीच घरासयी विवाद थियो । त्यसकै रिसिइबीमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । उनीहरूले काठको मुंग्राले हिर्काएर अचेत अवस्थामा भएपछि दुवैजनाले बारीको ढिकबाट खोल्सामा खसालेर हत्या गरेको खुल्न आएको प्रहरीको भनाइ छ । सासू बुधबार छिमेकीको  घरमा न्वारन खाना गएको र रातिसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा बिहीबार बिहान शव फेला पारिएको हो । 

शव फेला परेपछि प्रहरीले शंकास्पद देखेर उनीहरू दुईजनालाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनाले आफूले हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । यस विषयमा  अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  

बुधबार मात्रै  दाङका एक व्यक्तिले आफ्नै बुवाको घाँटी रेटी हत्या  गरेका थिए । दिउँसो पौने १ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. ३ बेलडाँडानिवासी २० वर्षीय गोपाल पुनमगरले आफ्ना ६३ वर्षीय बुवा कर्णबहादुरलाई धारिलो हतियारले रेटेर हत्या गरेका हुन् ।

तरकारी काट्ने चक्कुले घाँटी र मुखमा रेटेर हत्या गरेको प्रहरीले बताएको छ । नजिकैको धाराबाट पानी बोकेर ल्याउने  क्रममा आँगनमै पुगेको वेला घाँटी रेटेको प्रहरीको भनाइ छ। उनीहरूको पनि घरायसी विवादका कारण हत्या भएको खुलेको छ ।