यथास्थितिमा एमसिसी टेबल गर्न लागेको भन्दै नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाइसिएल र विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले संसद् भवन घेराउ गर्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद् बैठकमा एमसिसी प्रवेश गराउने प्रयासको छनक देखिएपछि माओवादीका दुई भ्रातृ संगठनले संसद् भवन घेराउको कार्यक्रम राखेका हुन् ।
बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटेलअगाडिबाट संसद् भवन घेराउ गर्न लागेको माओवादी नेता हिमाल शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।