मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १६ बिहीबार
  • Thursday, 30 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ३ मंगलबार १५:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनलाइनमार्फत ठगी गर्ने गिरोहबाट सचेत रहन साइबर ब्युराेकाे अनुरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ३ मंगलबार १५:३३:००

नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्ता गिरोहबाट सचेत रहन अनुरोध गरेको छ। प्रहरीको साइबर ब्युराेले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्ता गिरोहबाट सचेत रहन आग्रह गरेको हो।

इन्टरनेटको प्रयोग गरी अपराधिक गिरोहले मोबाइल बैंकिङको आइडी र पासवर्डसमेत माग्ने गरेको र अनलाइन गेम तथा चिठ्ठा परेको भनी पैसा माग्ने गरेको ब्युरोले जनाएको छ। यस्तो कार्यमा संलग्न केहीलाई कारबाही गरे पनि केही गिरोह अझै सक्रिय रहेको भन्दै ब्युरोले सामाजिक सञ्जाल प्रयोग गर्दासमेत होसियार हुन आग्रह गरेको छ।
 
‘यस्ता भ्रामक कुरामा विश्वास नगर्नुहुन साथै कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओपिटी कोड वा संवेदनशील विषयको जानकारी कोही कसैलाई पनि नदिई प्रविधिको दुरुपयोगबाट बच्न तथा ठगी हुनबाट सतर्कता अपनाउन साइबर ब्युरो अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।