साताको पहिलो दिन आइतबार १०१ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार झिनो अंकले वृद्धि भएको छ। सोमबार नेप्से ०.०८ अंक बढेर दुई हजार ७००.९८ बिन्दुमा पुगेको छ। तर, नेप्से सूचक बढे पनि सेन्सेटिभ इन्डेक्स भने ०.३६ अंकले घटेको छ।
सोमबार कारोबारमा आएका दुई सय २७ कम्पनीका ७५ लाख ४९ हजार सात सय ७९ कित्ता सेयर तीन अर्ब ६८ करोड ४० लाख नाै हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। १३ उपसमूहमध्ये सोमबार ७ उपसमूहको परिसूचक बढेका छन् भने पाँच उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा लगानी उपसमूहको परिसूचक भने स्थिर छ। होटेल तथा पर्यटन उपसमूहको परिसूचक ०.६१ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचकमा सबैभन्दा बढी १.३४ प्रतिशतले गिरावट आएको छ।
आज बुद्धभूमि नेपाल हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स र नेसनल हाइड्रोपावरको सेयर मूल्य गिरावट आएको छ। तर, मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य भने सबैभन्दा बढी ३.८५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ५५ करोडको सेयर खरिद–बिक्री गरेर नेसनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ।