१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २ सोमबार
  • Saturday, 28 September, 2024
श्रवण थापा सर्लाही
२o७८ फाल्गुण २ सोमबार १o:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीमा जलेर वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७८ फाल्गुण २ सोमबार १o:४३:oo

सर्लाहीको बागमती नगरपालिकास्थित शंकरपुरमा आगोमा जलेर एक वृद्धको मृत्यु भएको छ । बागमती नगरपालिका– ८, शंकपुरनिवासी ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर मृत्यु भएको हो । सोमबार बिहान २ बजेतिर साहको आँगनमा एक्कासि आगो दन्किरहेको स्थानीयले देखेको बताएका छन् । तत्कालै पानी हालेर आगो निभाए पनि वृद्ध साहलाई भने बचाउन नसकिएको स्थानीयको भनाइ छ । 

आगोले शरीरको अधिकांश भाग जलेका साहको घटनास्थलमै ज्यान गएको थियो । अचानक साहको शरीरका आगो दन्किरहेको देखेपछि हतारहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितको भनाइ छ । परिवारका अन्य सदस्यसहित साह आइतबार राति घरमै सुतेका थिए । 

मृतक साहमा केही समयदेखि प्यारालाइसिस को समस्या थियो । उनको शरीरमा कसरी आगो लाग्यो भन्नेबारे खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए ।