प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी छ। अध्यक्ष केपी ओलीको निवासमा जारी बैठकमा सत्तारुढ दलका सांसदले प्रधानन्यायाधीशविरुद्ध दर्ता गरेको महाभियोग प्रस्तावमाथि छलफल जारी रहेको एक नेताले जानकारी दिए।
पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न एमालेले संसदीय दलको बैठकसमेत बोलाएको छ ।