१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १ आइतबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १ आइतबार १७:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने अध्यक्ष नेपालको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १ आइतबार १७:३२:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधीन रहेका वेला अध्यक्ष नेपालको यस्तो भनाइ आएको हो।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको बताए। सत्तारुढ गठबन्धन मिलेर तीनवटै तहको निर्वाचनमा जाने भन्दै उनले स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

‘हामी वैधानिक रूपमा निर्माण भएको पार्टी हौँ। हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौँ। र, सांसदको रूपमा स्वीकार गर्ने स्थिति पनि बनाएका छौँ। यसमाथि कसैले धावा बोल्न खोज्छ भने औँलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौँ। त्यसो हुनाले हामी अघि बढेका छौँ। स्थानीय तहको चुनाव वैशाख ३० गते तोकिसकिएको छ। अब हाम्रो पार्टीको सम्पूर्ण काम चुनावको तयारीमा जुट्नु हो। सबै तहको निर्वाचनमा पाँचदलीय गठबन्धन मिलेर जानेछ,’ अध्यक्ष नेपालले भने।

उनले देशको हितमा कुठाराघात नहुने गरी एमसिसीलाई अघि बढाउन आफूले चाहेको स्पष्ट पारे। एमसिसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरू नरहेको उनले बताएका छन्।