आफूविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन्। उनी करिब १ः४५ मा सर्वोच्चबाट बाहिरिएका हुन्। संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतः प्रधानन्यायाधीशबाट निलम्बनमा परेका छन्।
जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एसोसिएसनले एक सय सात दिनदेखि आन्दोलन गरिरहेको छ। प्रस्तावमाथि ९८ सांसदले हस्ताक्षर गरेका छन्। प्रस्ताव दर्तासँगै संविधानको व्यवस्थाअनुसार उनी स्वतः निलम्बनमा परेका हुन्।