मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १ सोमबार
  • Monday, 16 December, 2024
दमास्कस
२o८१ पौष १ सोमबार १o:१८:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

साढे सात हजार सिरियाली स्वदेश फर्किए

Read Time : < 1 मिनेट
दमास्कस
नयाँ पत्रिका
२o८१ पौष १ सोमबार १o:१८:oo

सिरियाका शक्तिशाली राष्ट्रपति बसर अल–असदको पतन भएको पाँच दिनमा सात हजार ६ सयभन्दा बढी सिरियाली आप्रवासीले टर्कीको सीमापार गरेर घर फर्किएका छन् । टर्कीका गृहमन्त्रीले आइतबार उक्त जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल एक्समा दिएको बयानमा गृहमन्त्री अली येरलिकायाले डिसेम्बर ९ र १३ को बिचमा प्रत्येक दिन ‘टर्कीबाट स्वेच्छाले फर्केका’ सिरियालीहरूको कुल संख्या सात हजार सात सय नाघेको हो ।

टर्की सन् २०११ मा गृहयुद्ध सुरु भएपछि सिरियाबाट भागेका करिब ३० लाख शरणार्थीहरूको घर हो र असदको पतनले धेरैजना घर फर्कने आशा जगाएको छ । 

सोमबार बिहान एएफपीका संवाददाताहरूले सिरियाको दोस्रो सहर अलेप्पोबाट करिब ५० किलोमिटर पश्चिममा रहेको सिलभेगोजु सीमामा सयौँ शरणार्थी भेला भएका र एकै दिन एक हजार दुई सय ५९ जनाले सीमापार गरेका थिए ।

असदको पतन भएको ४८ घन्टाभित्रै टर्कीले आफ्नो दैनिक सीमापार गर्ने क्षमतालाई तीन हजारबाट १५ हजारदेखि २० हजारसम्म बढाएको थियो । टर्कीले सिरियासँग नौ सय किलोमिटर लामो सीमा साझा गरेको छ र यसले ‘यातायात सहज बनाउन’ सुदूर पश्चिममा छैटौँ नाका खोल्ने बताएको छ ।

टर्की समाजभित्र सिरियालीविरोधी भावना बढ्दै जाँदा अंकारा सकेसम्म धेरै शरणार्थी आफ्नो मातृभूमिमा फर्कन हेर्न उत्सुक छ । गृह मन्त्रालयका अनुसार तिनीहरूमध्ये करिब १२ लाख ४० हजार (करिब ४२ प्रतिशत) अलेप्पो क्षेत्रका हुन् ।

यसैबिच, टर्कीले असदलाई सत्ताच्युत गर्ने विद्रोहीहरूले अनुरोध गरेमा उनीहरूले स्थापना गरेको सिरियाको नयाँ इस्लामवादी नेतृत्वको सरकारलाई सैन्य सहयोग गर्न तयार रहेको बताएको छ ।