१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १ आइतबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १ आइतबार o९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सरकार र नेकपाबीच  तीनबुँदे सहमति,  कार्यान्वयनबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १ आइतबार o९:४२:oo

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ । शनिबार गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।

नेकपासँग सरकारल २० फागुन ०७७ मा तीनबुँदे सहमति गरेको थियो । सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा पनि छलफल भएको बताए ।

नेकपाका प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका थिए । सरकारका तर्फबाट पनि अहिलेसम्म हिरासतमा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण प्रस्तुत भएको गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।

नेकपा प्रवक्ता विश्वकर्माले तीनबुँदे सहमति कार्यान्वयनको टाइमलाइन वार्तामा बनाइएको र माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको जानकारी दिए । ‘केही विषय टुंगिएका पनि छन्, केही टुंगिने क्रममा छन्, आशा छ छिटै निष्कर्ष निष्कन्छ,’ उनले भने ।

ad
ad
ad
ad