१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार २o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनलाई एमसिसी निल्नु न ओकल्नु भएको छ : पृथ्बीसुब्बा गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २o:४७:oo

नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले गठबन्धन सरकारलाई एमसिसी निल्नु न ओकल्नु भएको बताएका छन् । प्रेस चौतारी लमजुङले शनिबार बेँसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गुरुङले हिजो एमसिसी रोक्ने शक्ति नै गठबन्धन सरकारमा भएकाले निल्नु न ओकल्नुको अवस्था आएको बताए ।  

गुरुङले भने, ‘एमसिसी गठबन्धनका लागि सर्पको मुखमा छुचुन्द्रो बनेको छ । निल्दा सर्प मर्छ, ओकेल्दा पनि अन्धो हुन्छ । एमसिसी पास भएर गठबन्धन कायम रह्यो भने पनि उसका लागि एमसिसी मृत्युपत्रमा हस्ताक्षर गरेसरह हुन्छ ।’

गुरुङले एमसिसी पास भए पनि नभए पनि गठबन्धनको समाप्ति हुने बताए । उनले भने, ‘उनीहरूको बहुमत छ। पास गर्न एमालेको आवश्यकता पर्दैन । गठबन्धन फुट्यो भने एमालेले आफ्नो धारण बनाउँछ ।’ 
 
गठबन्धन सरकार एमालेतिर भन्दा सभामुखतिर फर्कनुपर्ने उनले बताए । ‘प्रधानमन्त्रीले एमसिसी अघि बढाउन खोज्दा सभामुखले अवरोध गरेका छन । सभामुखले यस्तो गर्न मिल्दैन ।’ उनले भने । 

सरकारले एमसिसी सदनमा अघि बढाओस्, गठबन्धनले धारणा बनाओस् । एमालेले बल्ल आफ्नो धारणा बनाउँछ ।’ गुरुङले भने, ‘हिजो अवरोध गर्नेले आज के गर्छन् ?’

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले गठबन्धन भएर आए पनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने  बताए ।

ad
ad