मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २८ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ २८ शुक्रबार २१:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चारदेशीय टी– २० क्रिकेट : नेपालद्वारा ओमान पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार २१:२६:oo

चारदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ । ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा १३६ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७३ रन जोडे ।

दीपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का प्रहार गरे । आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ रन तथा शरद भेषावाकरले पनि समान ४ रन जोडे । ओमानका कलिमुल्लाहले २ विकेट लिए भने खवार अलीले १ विकेट हात पारे । 

 त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन जोड्यो । ओमानका लागि जिसन मक्सुदले अविजित ४३ रनको योगदान दिए भने मोहम्मद नदिमले ३१ रनको योगदान गरे ।

त्यस्तै जतिन्दर सिंहले १३, आयान खानले ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे । बलिङतर्फ नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक–एक विकेट हात पारे । चार देश सम्मिलित सिरिजमा नेपालले भोलि शनिबार युएईसँग खेल्नेछ ।