मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २४ सोमबार
  • Sunday, 05 January, 2025
२o७८ माघ २४ सोमबार १६:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा  साढे सात केजी चरेससहित दुईजना  पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २४ सोमबार १६:o५:oo

दाङमा  साढे सात केजी चरेससहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । रुकुम पूर्वको  भूमे  गाउँपालिका– ९, चुनबाङ घर भई हाल घोराही उपमहानगरपालिका– १४, बसपार्कमा डेरा गरी बस्ने ५० वर्षीय  दलबहदुर  कामीको कोठाबाट सात केजी सात सय ७९ ग्राम (१६ पिस) लागुऔषध चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । 

गोप्य सूचनाका आधारमा खोजतलास गर्दा आइतबार राति ११ बजे  उक्त परिमाणको चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक  सुरेश  काफ्लेले बताए । उनका अनुसार कामी र रुकुम पूर्व भूमे गाउँपालिका– ९ घर भई हाल घोराही उपमहानगरपालिका– १८, गिठेपानी बस्ने  ५९  वर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।