मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २३ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २३ आइतबार २o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बन्द कोठाबाट पेस्तोल बरामद, कांग्रेसका वडा सभापति पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २३ आइतबार २o:oo:oo

काठमाडौंको कपुरधारास्थित एक घरमा बरामद पेस्तोलको अनुसन्धानका क्रममा कांग्रेसका वडा सभापति पक्राउ परेका छन् । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–७ का सभापति मिलनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । 

उनले भाडामा लिएको कोठाभित्र प्रहरीले गत ८ कात्तिकमा पेस्तोल, चारवटा गोली र दुईवटा म्यागजिन बरामद गरेको थियो । लामो समयसम्म पनि कोठामा उनी नआएको र भाडासमेत नतिरेको भन्दै घरधनीले वडा कार्यालयमा उजुरी दिएपछि प्रहरीको रोहवरमा कोठा खोल्दा पेस्तोल बरामद भएको हो । 

काठमाडौंमा नभेटिएपछि प्रहरीले उनको खोजी गर्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई पत्राचार गरेको थियो । सोलुखुम्बु प्रहरीले बिहीबार पक्राउ गरी राईलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेलाई बुझाएको छ । वृत्तका प्रमुख डिएसपी दुर्गा दाहालका अनुसार हातहतियार तथा खरखजना मुद्दामा राईमाथि अनुसन्धान भइरहेको छ । 

राईले भने आफ्नो कोठामा अन्य कसैले हतियार राखिदिएको दाबी गरेका छन् । गुन्डागर्दीको क्रममा उनले पेस्तोल राखेको सूचना प्रहरीले पाएको छ । उनीसँग दुईवटा नागरिकता र पासपोर्ट भएको आशंकामा समेत प्रहरीले छानबिन थालेको छ । सोलुखुम्बुबाट मिलनकुमार राई तथा सुनसरीबाट मिलन राईको नाममा छुट्टाछुट्टै पासपोर्ट लिएका हुन् । त्यससम्बन्धी कागजपत्र उनको कोठाबाटै बरामद भएपछि प्रहरीले त्यसमा छुट्टै छानबिन थालेको हो । 

प्रहरीले उनका नागरिकता र पासपोर्टका विवरण सोलुखुम्बु र सुनसरी जिल्ला प्रशासनसँग मगाएको छ ।