मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २३ आइतबार १८:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यातायातको जोर-बिजोर प्रणाली हटाउन सिसिएमसीको सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २३ आइतबार १८:२६:००

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले काठमाडौं उपत्यकामा निजी सवारी र ट्याक्सीमा रहेको जोर–बिजोर सोमबारदेखि प्रणाली हटाउन जिल्ला प्रशासन कार्यालयहरूलाई सिफारिस गरेको छ । आइतबार बसेको सिसिएमसी बैठकले जोर–बिजोर हटाउन सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

यस्तै आगामी १ फागुनदेखि विद्यालय, सिनेमा घर र रात्रिकालीन व्यवसाय सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको नेपालले बताइन् । 
यस्ता छन् सिसिएमसीका सिफारिस :
–डान्सबार, क्लबलगायत रात्रिकालीन व्यवसाय १ फागुनदेखि राति १० बजेसम्म मात्र चलाउने 
–सिनेघर, जिम, फुटसल जनस्वास्थ्यको मापदण्ड पालना गरी १ फागुनदेखि सञ्चालन गर्ने
–विश्वविद्यालय, विद्यालयसहित शैक्षिक प्रतिष्ठान १ फागुनबाट सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस 
(१२ वर्षमाथिका विद्यार्थीको हकमा नियमित कक्षा र १२ वर्षमुनिका विद्यार्थीको हकमा आलोपालो कक्षा)
–पार्टी प्यालेस ५० प्रतिशत वा १०० जना उपस्थित हुने गरी सञ्चालन हुने
खेलकुद कार्यक्रममा कुल क्षमताको ५० प्रतिशत दर्शक स्वास्थ्यको मापदण्ड अपनाएर प्रवेश दिने ।