१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २३ आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २३ आइतबार o७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोना संक्रमणदर २० प्रतिशतमा झर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २३ आइतबार o७:२७:oo

नेपालमा कोरोना संक्रमणदर २० प्रतिशतमा झरेको छ । पछिल्लो दुई सातायता लगातार ओरालो लागिरहेको संक्रमण दर शनिबार २०.१ प्रतिशतमा झरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आठ हजार पाँच सय १३ जनामा परीक्षण गर्दा एक हजार सात सय १७ जनामा संक्रमण पुष्टि भएको हो । शनबिार चार हजार सात सय ७१ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । सक्रिय संक्रमितको संख्या घटेर ५२ हजार सात सय ८० पुगेको छ । 

डेल्टाको तुलनामा कमजोर मानिएको ओमिक्रोन संक्रमण २९ पुससम्म दैनिक संक्रमणदर ३ प्रतिशतमा सीमित थियो । माघको पहिलो सातादेखि उकालो लागेको संक्रमण ८ माघमा ५० प्रतिशत नाघेको थियो । त्यसपछि संक्रमण बिस्तारै घट्दै गएको छ । लक्षित उमेर समूहमा ८८.१ प्रतिशतले खोपको पहिलो मात्रा र ७२.३ प्रतिशतले दुई मात्रा लगाएका छन् । शनिबार मात्रै पाँच लाख ८८ हजार चार सय ४० डोज खोप प्रयोगमा आएको छ । 

ad
ad
ad
ad