१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २१ शुक्रबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २१ शुक्रबार १३:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

श्रीलंकालाई भारतले ५० करोड डलर ऋण दिने सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २१ शुक्रबार १३:२५:oo

भारतले श्रीलंकालाई पेट्रोलियम उत्पादन एवं खरिद गर्न ५० करोड अमेरिकी डलर ऋण दिने भएको छ। खराब विदेशी मुद्रा तथा ऊर्जा संकटसँग जुधिरहेको श्रीलंका र भारतबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

भारतको एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंक र श्रीलंका सरकारबीच श्रीलंकाका अर्थमन्त्री बसिल राजापाक्षे र भारतीय राजदूत गोपाल बागलेको उपस्थितिमा ऋणको लाइनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अर्थमन्त्री राजापाक्षेले संकट समाधानका लागि भारतसँग आर्थिक सहायता लिन समन्वय गर्दै आएका छन्।

कोलम्बोस्थित भारतीय उच्च आयोगले विज्ञप्तिमा भनेको छ, ‘लाइन अफ क्रेडिटमार्फत इन्धन आयातका लागि भारत सरकारको ऋण सहयोग  कोलम्बोको ‘तत्काल आवश्यकता’को सम्बोधन हो।’ जनवरी १ मा भारतीय विदेशमन्त्री एस जयशंकर र श्रीलंकाका अर्थमन्त्री राजापाक्षेबीच भर्चुअल बैठकमा ऋण सहायताबारे सहमति भएको थियो।

श्रीलंका सरकारले मंगलबार इन्डियन आयल कर्पोरेसनबाट ४० हजार टन पेट्रोल र डिजेल खरिद गर्ने निर्णय गरेको छ। पछिल्ला साताहरूमा  भारतले सार्क मुद्रा आदान–प्रदान सुविधालाई ४० करोड अमेरिकी डलरमा विस्तार गरेको छ। श्रीलंकालाई सहयोग गर्न एसियाली क्लियरिङ युनियन (एसियू)लाई दिनुपर्ने ५० करोड डलरको भुक्तानी दुई महिनाका लागि स्थगित गरेको छ।

‘श्रीलंकाको सबैभन्दा नजिकको छिमेकी र लामो समयदेखिको साझेदारको रूपमा, भारत श्रीलंकालाई कोभिडपछिको अर्थतन्त्र पुनरुत्थानमा सहयोग गर्न प्रतिबद्ध छ। यो श्रीलंकालाई भारतले हालैको ९० करोड डलरभन्दा बढीको विदेशी मुद्रा सहयोगको निरन्तरता हो,’ कोलम्बोस्थित भारतीय उच्च आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

दुई देशबीच इन्धन खरिदका लागि क्रेडिट लाइनका विषयमा अगस्ट २०२१ देखि वार्ता भइरहेको थियो। ‘यसले श्रीलंकाको द्रुत रूपमा घट्दै गएको विदेशी मुद्रा भण्डारमा दबाब कम गर्न मद्दत गर्नेछ,’ भारतीय उच्च आयोगको विज्ञप्तिमा भनिएको छ। एजेन्सी

ad
ad
ad
ad