१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
गगन अयडी बाजुरा
२o८१ असार १९ बुधबार १३:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मार्तडी-कोल्टी सडक अवरुद्ध हुँदा आवतजावतमा गर्न कठिनाइ 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १३:२८:oo

बाजुरा जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक मंगलबार रातिदेखि  अवरुद्ध भएको छ । मंगलबार बिहानदेखि लगातार आएको अविरल वर्षाका कारण बडिमालिका नगरपालिका– ७ जिल्लीमा पहिरो बग्न थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीले  जानकारी दिए ।

मंगलबार मध्यरातिबाट लगातार मुसलधारे वर्षा भएपछि मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत पर्ने जिल्लामा सडकमाथिबाट  पहिरो बग्न थालेपछि मार्तडी–कोल्टी चल्ने जिप तथा मालबहाक सवारीसाधन ठप्प बन्द भएको उनले  बताए । कोल्टी क्षेत्रमा सञ्चालन हुँदै आएका सवारीसाधन बन्द भएपछि आवतजावतमा समस्या भएको छ । पहिरो बग्न थालेपछि उक्त क्षेत्रमा मानिसलाई  समेत आवतजावत गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । 

पहिरो पन्छाउन बडिमालिका नगरपालिकासँग  समन्वय गरी पानी पर्न बन्द हुनेबित्तिकै डोजर लगाएर सडक सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । उनका अनुसार पहिरो बग्न नरोकिएकाले तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ । वर्षा रोकिएपछि सडकमा आएको पहिरो पन्छाएर नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने गरी काम गर्ने उनले उल्लेख गरे । 

सुदूरपश्चिमको गौरवको सडकमा रूपमा रहेको मार्तडी–कोल्टी सडक वर्षायाम सुरु भएपछि अवरुद्ध हुँदै आएको छ । 
पहिरोले सडक अवरुद्ध हुँदा  सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्रका नागरिकले सास्ती भोग्दै आएका छन् । हिउँदको समयमा सवारीसाधन चल्ने भए पनि वर्षायाममा ठाउँठाउँमा सवारीसाधन फेर्दै जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता रहेको  स्थानीय धनकृष्ण विकले बताए । 

 

ad
ad
ad
ad