मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २० बिहीबार
  • Sunday, 08 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ २० बिहीबार १७:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मन्त्री यादवलाई मानवअधिकार आयोगको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ २० बिहीबार १७:१७:oo

राष्ट्रिय मानवअधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन निर्देशन दिएको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै आयोगका अध्यक्ष तथा सदस्यहरूले मन्त्री यादवलाई सामाजिक सद्भावमा खलल पुर्याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदिन  निर्देशन दिएको जानकारी दिएका हुन् ।  

‘आयोगका माननीय अध्यक्ष तथा सदस्यहरूले राज्यको मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्याउन मन्त्री यादवलाई निर्देशन दिनुभयो,’ आयोगका प्रवक्ता पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

गत माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको सभामा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दिएको अभिव्यक्तिको विषयमा जानकारी लिन मन्त्री यादवलाई बिहीबार आयोगमा बोलाएको थियो । आयोगले जानकारी लिने क्रममा मन्त्री यादवले श्रद्धाञ्जली सभामा आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको र यस्ता अभिव्यक्ति आफूबाट भविष्यमा नदोहोरिनेमा प्रतिबद्धता जनाएकाे  पनिे पनि विज्ञप्तिमा उल्लेख छ ।