![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/uml.2022-02-02-09-18-40.jpeg)
एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्ने एमाले नेता विष्णु रिजालले जानकारी दिए।
बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।