मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १५ शनिबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ १५ शनिबार o६:o८:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिड खोप प्रयोगको एक वर्ष पूरा : लक्षित जनसंख्याको ६९ प्रतिशतले लगाए पूर्ण खोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ १५ शनिबार o६:o८:oo
  • जम्मा खोप : ४,२०,४९,६४० डोज
  • प्रयोग भएको खोप : ३,०६,०४,१५२ डोज
  • पहिलो डोज :  १,६४,७४,५१४
  • पूर्ण मात्रा :  १,३८,३३,६२९
  • अतिरिक्त डोज : २,९६,००९
  • बाँकी खोप :  १,१४,४५,४८८ डोज

१४ माघ ०७७ कोभिड– १९ परीक्षणको केन्द्रीय प्रयोगशाला रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदै सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोला । अस्पतालका तत्कालीन निर्देशक डा. सागर राजभण्डारीले पहिलो खोप लगाएका थिए । त्यसपछि डा. बाँस्तोला र जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाएका थिए ।

नेपालमा कोभिडविरुद्धको खोप कार्यक्रम सुरु भएको एक वर्ष पूरा भएको छ । संक्रमण फैलिएको झन्डै एक वर्षपछि ८ माघ ०७७ मा भारतबाट आएको खोप १४ माघबाट प्रयोगमा ल्याइएको थियो । खोप अभियान सुरु भएको पहिलो दिन नौ हजार ८४ जनाले मात्र खोप लगाएका थिए । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप लगाउने लक्ष्यसहित ६६ जिल्लाका करिब १२० खोप केन्द्र तोकिएको थियो । 

खोप उत्पादन गरिरहेका देशहरूबाहेक खोप प्रयोगमा अगाडि रहेको नेपालमा हालसम्म लक्षित जनसंख्याको ६९.४ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । त्यस्तै, खोपको एक मात्रा लगाउनेको संख्या ८२.७ प्रतिशत पुगेको छ भने अग्रपंक्तिमा खटिने झन्डै तीन लाख कर्मचारीमा अतिरिक्त खोपसमेत प्रयोगमा आइसकेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार शुक्रबारसम्म एक करोड ३८ लाख ३३ हजार ६ सय २९ ले खोपको पूर्ण मात्रा लगाएका छन् भने एक करोड ६४ लाख ७४ हजार पाँच सय १४ ले कम्तीमा एक मात्रा लगाएका छन् ।

त्यस्तै, २ माघदेखि सुरु भएको अतिरिक्त मात्रा खोप दुई लाख ९६ हजार नौजनाले लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका १८ लाख ७२ हजार ६ सय ७० जना बालबालिकाले खोपको पहिलो मात्रा र तीन लाख ५८ हजार दुई सय ९८ जना बालबालिकाले पूर्ण मात्रा लगाएका छन् । 

हालसम्म अनुदान र खरिद प्रक्रियाबाट चार करोड २० लाख ४९ हजार ६ सय ४० डोज खोप नेपाल भित्रिसकेको छ । संक्रमण बढ्दै जाँदा खोप कार्यक्रमलाई समेत तीव्रता दिइएको छ । हाल लक्षित समूहका ३४ लाखलाई खोप लगाउन बाँकी छ । 

स्वास्थ्यमन्त्री विरोध खतिवडाले खोप लगाउँदा दोस्रो र तेस्रो लहरमा सम्भावित जोखिम कम भएको बताएका छन् । खोप लगाउन बाँकी नागरिकलाई पनि खोप लगाउन उनको आग्रह छ ।