नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ। १४औँ महाधिवेशनपछि भर्चुअल माध्यमबाट बसेको तेस्रो कार्यसमिति बैठकले १३ पदाधिकारी र २४ केन्द्रीय सदस्यलाई समेटेर कार्यसम्पादन समिति गठन गरेको हो।
महामन्त्री गगनकुमार थापाले गरेकाे कार्यसम्पादन समितिको प्रस्तावलाई कार्यसमितिले अनुमोदन गरेको हो। महामन्त्री थापाले पदाधिकारीबाहेक २४ जनाको नाम प्रस्ताव गरेका थिए।