Skip This
नतिजाभन्दा खेलाडीलाई  एक्सपोजर दिन केन्द्रित छु : अलमुताइरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १४ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १४ शुक्रबार o७:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नतिजाभन्दा खेलाडीलाई  एक्सपोजर दिन केन्द्रित छु : अलमुताइरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १४ शुक्रबार o७:३१:oo

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण अफ्रिकी देश मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताएका छन् । ‘मोरिससको राष्ट्रिय टोलीसँग हाम्रो दुई खेल हुनेछन् र सधैँझैँ हरेक खेलमा जित हात पारे खेलाडीहरू प्रशंसाको हकदार हुनेछन्,’ अलमुताइरीले सामाजिक सञ्जालमा भनेका छन्, ‘हार भए त्यसको दोष केवल ममाथि मात्रै हुनेछ ।’ 

नेपालले शनिबार दशरथ रंगशालामा मोरिससविरुद्ध पहिलो तथा मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले पहिलोपटक दक्षिण अफ्रिकी देशसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । नेपाली टोलीका प्रशिक्षक अलमुताइरीले मैत्रीपूर्ण खेलमा खेलाडीमाथि कुनै पनि क्रूरता नदेखाउन आग्रह गरेका छन् । ‘खेलाडीमाथि कुनै प्रकारको क्रूरता नदेखाइयोस्,’ उनले भनेका छन् ।

मोरिससविरुद्ध आफू नतिजामा केन्द्रित नहुने उनले स्पष्ट पारेका छन् । ‘नतिजाभन्दा पनि खेलाडीलाई एक्सपोजर दिन केन्द्रित छु,’ अलमुताइरीले भने, ‘यसै रणनीति अनुसार दुई खेलका लागि दुई फरक टोली घोषणा गरेको हो । प्रशिक्षक अलमुताइरीले दक्षिण अफ्रिकी देशविरुद्ध राम्रो नतिजा अपेक्षा राखेका छन् । मोरिससविरुद्धको घोषित टोलीमा नौ नयाँ अनुहारका छन् । विमल घर्तीमगर र जगजित श्रेष्ठले राष्ट्रिय टोलीमा पुनरागमनन गर्दा आयुष घलान बाहिरिएका छन् । ‘खेलाडीले अन्तर्राष्ट्रिय खेलमा एक्सपोजर पाऊन् भन्ने चाहन्छु, यसले उनीहरूलाई थप अनुभव दिएर भविष्यका लागि तयारी गर्न मद्दत गर्नेछ,’ उनले भने, ‘मैले नतिजाभन्दा राम्रो प्रदर्शनको अपेक्षा गरेको छु ।’ 

यसैबीच, मोरिससविरुद्धको मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ पनि नेपाल आएका छन् । माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका किरण बुधबार राति नेपाल आएका हुन् । उनी माल्दिभ्सको माजिया स्पोर्टस् एन्ड रिक्रिएसन क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।