१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ माघ ११ मंगलबार ०९:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नियन्त्रित औषधिसहित फार्मेसी सञ्चालक पक्राउ

एक लाख सात हजार ३८ ट्याब्लेट बरामद

Read Time : < 1 मिनेट
२०७८ माघ ११ मंगलबार ०९:२७:००

डाक्टरको सिफारिसविना नियन्त्रित औषधि बिक्री–वितरण गरेको आरोपमा काभ्रेको पनौतीमा फार्मेसी सञ्चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार काभ्रेको पनौती नगरपालिका– २ मा सञ्चालित उद्धव फार्मेसीका सञ्चालक पनौती नगरपालिका– १ पर्खालचौरका ४३ वर्षीय उद्धव सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

पनौतीमा सञ्चालित यस औषधि पसलमा डाक्टरको आधिकारिक सिफारिसविना खुलेआम दुर्व्यसनमा रहेका युवा जमातलाई फार्मेसी सञ्चालकले नियन्त्रित औषधि कारोबार गरिरहेको सूचना आएपछि छापा मार्ने क्रममा सापकोटालाई पक्राउ गरिएको खतिवडाको भनाइ छ । 

एक लाख सात हजार ट्याब्लेट बरामद

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खतिवडाले उद्धव फार्मेसीबाट एक लाख सात हजार ३८ ट्याब्लेट (नियन्त्रित औषधि) बरामद गरिएको बताए । बरामद भएका नियन्त्रित औषधिसहित फार्मेसी सञ्चालक सापकोटालाई थप अनुसन्धानका लागि सोमबार नै औषधि व्यवस्था विभाग बिजुली बजार काठमाडौं पठाइएको खतिवडाले जानकारी दिए । 

के हो नियन्त्रित औषधि ?
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी खतिवडाका अनुसार डाक्टरको सिफारिसपश्चात् मात्र बिक्री–वितरण गर्नुपर्ने औषधिलाई नियन्त्रित औषधि भनिन्छ । यस्तो औषधि डाक्टरको सिफारिसविना बिक्री–वितरण गर्न पाइँदैन । जुन औषधि लागुपदार्थ सेवन गर्ने मानिसले लागुपदार्थको रूपमा सेवन गर्ने गरेको पाइएको छ ।