१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ११ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ११ मंगलबार o७:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालविरुद्ध खेल्न मोरिसस उत्साहित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ११ मंगलबार o७:१५:oo

दक्षिण अफ्रिकी देश मोरिससको राष्ट्रिय पुरुष फुटबल टोली नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्न सोमबार आइपुगेको छ । मोरिसस र नेपालबीचको खेल आउँदो शनिबार र मंगलबार हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । मोरिससको टोलीमा २३ खेलाडी र १० अफिसियल छन् । मोरिससका खेलाडी केभिन पर्टिकोट भने कोरोना संक्रमित बनेपछि नेपाल आएका छैनन् ।

मोरिससका मुख्य प्रशिक्षक बोउलेम मानकोरले नेपालविरुद्ध खेल्न उत्साहित रहेको प्रतिक्रिया दिए । प्रशिक्षक मानकोरले नेपाली टोली बलियो रहेको जनाएका छन् । ‘नेपाल बलियो टोली हो,’ त्रिभुवन विमानस्थलमा मोरिससका प्रशिक्षक मानकोरले भने, ‘मोरिसस र नेपालबीचको खेल प्रतिस्पर्धात्मक हुनेछ ।’ पहिलोपटक नेपालमा आएर फुटबल खेल्न पाउँदा खुसी लागेको उनले बताए । ‘नेपालमा पहिलोपटक फुटबल खेल्दै छौँ र हामी आनन्दका साथ खेल्नेछौँ,’ प्रशिक्षक मानकोरले भने ।

नेपालले आधिकारिक रूपमा पहिलोपटक दक्षिणअफ्रिकी देशविरुद्ध अन्तर्राष्ट्रिय फुटबल खेल खेल्न लागेको हो । वरीयतामा मोरिसस नेपालभन्दा पछाडि छ । फिफाको वरीयतामा नेपाल १६९औँ र मोरिसस १७२औँ स्थानमा छ । मोरिससले नेपालविरुद्धको मैत्रीपूर्ण खेललाई सन् २०२३ मा हुने अफ्रिका कप अफ नेसन्सको छनोटको तयारीका रूपमा लिएको छ ।